Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.00/5.00)
Text size:-
+
-

आलियासँग रोमान्स गर्न नसक्ने इमरान

फिल्मीखबर, काठमाडौं, 2015/06/04

बलिउडमा इमरान हाश्मीलाई सिरियल किसर भनिन्छ । उनका प्राय सबै फिल्ममा उनी कुनै न कुनै अभिनेत्रीसँग चुम्बनमा रमाएका हुन्छन् । यसैले पनि इमरान हाश्मीसँग अभिनेत्रीहरु रोमान्स गर्न रुचाउछन् भनिन्छ ।



तर, बलिउडकी हट गर्ल आलिया भट्टसँग भने उनले रोमान्स गर्न नसक्ने बताएका छन् । आलिया र इमरान नजिकका नातेदार हुन् । इमरानले भने‘म आफ्नी बहिनीसँग फिल्मको पर्दामा रोमान्स गर्न सक्दिन । उनको साथमा म दाजु भाइको भूमिकामा मात्र देखिन सक्छु ।’



फिल्म स्टूडेन्ट अफ द इयरको शोमा आफू नपुग्दा आलिया रिसाएको इमरानको भनाई छ । तर, पछि आफूले डीभीडी हेरेपछि आलियाको कामले खुशी भएको र उनलाई वधाई दिएको इमरानले बताए । उनले आलियाको टु स्टेट विमानमा उड्दा हेरेको बताए । आलियाले छोटो समयमा नै बलिउडमा एक स्थान बनाएको भन्दै दाजु इमरानले खुशी व्यक्त गरे ।
 

Most Visited News (monthly)