Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्मातालाई ६० प्रतिशत शेयर दिने प्रस्ताव

फिल्मीखबर, काठमाडौं, 2015/06/04

हल खुलेपनि नयाँ फिल्म नभएपछि नेपाल चलचित्र संघले निर्मातालाई फाइदा हुने गरि नयाँ प्रस्ताव अघि सारेको छ । चलचित्र संघको वैठकले निर्मातलाई देशभरका हलमा असार र साउनमा ६० प्रतिशत शेयर न्यूनतम दिनुपर्ने नयाँ प्रस्ताव अगाडि सारेको हो । यसअघि निर्माताले ५० प्रतिशत शेयर पाउँदै आएका थिए । मल्टिप्लेक्समा त हप्ता अनुसार शेयर रकम घट्दै जान्थ्यो ।



असार र साउनमा फिल्म चलाउने निर्माताले ६० प्रतिशत न्यूनतम शेयर पाउने र एमजीमा फिल्म लिन सकिने वितरक गोपाल कायस्थले बताए । उनका अनुसार, कुनै हलमा निर्माताले फिल्म फिक्समा बेच्न पनि सक्नेछन् ।



हल खुलेपनि नयाँ फिल्म नहुँदा बन्द गर्नुपर्ने अवस्था आएको भन्दै संघले यस्तो निर्णय गरेको हो । संघको यो निर्णयलाई अगाडि बढाउन वितरण कम्पनी एफडीले सहयोग गर्ने भएको छ । जसका लागि एफडीले ३ वटा फिल्म प्रदर्शन गर्ने तयारी थालेको छ । जसमा लभ सब, भैरव र अधकट्टी २ महिनामा मिलाएर प्रदर्शन हुनसक्छन् ।



चलचित्र संघको यो प्रस्तावमा निर्माता संघले केही पनि भनेको छैन । भदौ महिना अगाडि कुनै पनि नयाँ फिल्म चलाउन निर्माता तयार नभएपछि चलचित्र संघले यो प्रस्तावलाई अगाडि बढाएको हो । काठमाण्डौका हल भुकम्पले बढी प्रभावित भएपनि नयाँ फिल्म नहुँदा काठमाण्डौ बाहिरका हल पनि यसको मर्कामा परेका छन् ।

Most Visited News (monthly)