जोन अब्राहमले विपाशा बासुलाई दिएको चोटलाई कुनै बेला हरमन बावेजाले अप्ठ्यारोमा साथ दिएर भर्न मद्धत गरेका थिए तर बलिउडमा नुन र गुनको हिसाब विरलै हुन्छ । त्यही भएर होला विपाशाले पनि हरमनले दुःखको बेला दिएको साथलाई बिर्सदँै हरमनलाई इग्नोर गरेकी छिन् ।
प्रसंग हो आर माधवनको बर्थ डे पार्टीको । आर माधवनले आफ्नो नयाँ फिल्म ‘तनु वेड्स मनु रिटन्स’ र जन्मदिनको दोहोरो खुशीमा पार्टी दिएका थिए । सो पार्टीमा निम्तालु बलिउडका धेरै सेलब्रेटी मध्ये हरमन बावेज र विपाशा बसु पनि एक थिए ।
पार्टीमा विपाशा एक्स ब्वाईफ्रेण्ड डिनो मोरियाका साथ आएका थिइन् । उनले पार्टीमा सबैसँग गफ गरिन् सिवाय हरमन बावेजा । विपाशा र हरमनले करिब दुई साल डेट गरेका थिए र खुल्लम खुल्ला आफू एक अर्काको प्रेममा रहेको बताउँदै आएका थिए तर गत वर्षको डिसेम्बरमा अचानक दुवैको ब्रेक अपको खबर आएको थियो र विपाशाले हरमनले आफूलाई चिट गरेको आरोप लगाएकी थिइन् ।
खबरका मुताबिक हरमनले ओलेगा नामकी विदेशी मोडलसँग नजिकिएपछि विपाशालाई वास्ता गर्न छाडेका थिए र त्यही कारणले विपाशाले हरमनसँगको सम्बन्ध तोडेकी थिइन् । हरमन भन्दा अघि विपाशाले जोन अब्राहमसँग करिब ८ वर्ष अफेयर चलाएकी थिइन् तर त्यतिबेला पनि जोनले चिट गरेको आरोप लगाउँदै अलग्गिएकी थिइन् । हाल विपाशा फिल्म ‘अलोन’ अभिनेता करन सिंह ग्रोवरसँग डेट गरिरहेकी छिन् तर अचम्म के छ भने करन दुई दुई श्रीमति डिभोर्सी हुन् र दुवैले करनले आफूलई चिट गरेको आरोप लगाउँदै छुट्टिएका थिए ।
उदेक लाग्छ, विपाशा बलिउडमा आज पनि वन वुमन म्यान खोजेर बस्छिन् !

