Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

बाबु बन्दै आर्यन

फिल्मीखबर, काठमाडौं, 2015/06/03

अभिनेता आर्यन सिग्देल बाबु बन्न लागेका छन् । तर आर्यन श्रीमति सपना भण्डारीको सन्तानको बाबु बन्न लागेका भने होइनन् । आर्यन आफ्नो नयाँ फिल्ममा बाबु बन्न लागेका हुन् ।
आर्यन दुबई निवासी एनआरएन रतन थापाको लगानीमा बन्ने फिल्म ‘मरिना’ माबाबुको भूमिकामा देखिन लागेका हुन् । फिल्म भित्र आर्यन पन्ध्र वर्षे छोरीको बाबुको भूमिकामा देखिनेछन् ।

 

असारको दोस्रो साताबाट फ्लोरमा जाने सिनेमामा आर्यन खेल्ने तय भएको हो । थ्रिलर जन्रामा बन्न लागेको फिल्ममा आर्यनसँगै निर्माता रतन थापा महत्वपूर्ण भूमिकामा देखिनेछन् । तर आर्यनको अपोजिटमा खेल्ने हिरोइन लगायत बाँकी कलाकारको खोजी भईरहेको भईरहेको स्रोतले बतायो ।  
फिल्मलाई अनुप गिरीले निर्देशन गर्नेछन् ।

Most Visited News (monthly)