भुकम्पको कम्पन कम हुँदै गएपछि फिल्म क्षेत्र चलमलाउन थालेको छ । छायांकनदेखि प्रोडक्शनका काम भैरहेको छन् । अब, नेपाल चलचित्र प्राविधिक संघले पनि फिल्म क्षेत्रको माहोललाई अझ जुझारु बनाउन फिल्म महोत्सव गर्न लागेको छ ।
असारको अन्तिम हप्ताबाट सुरु हुने फिल्म महोत्सवमा वि.सं २०७१ साल वैशाख १ गतेबाट चैत्र मसान्तसम्म प्रदर्शनमा आएका फिल्महरुले सहभागीता जनाउने पाउनेछन् । यसका लागि दर्ता प्रक्रिया पनि सुरु गरिएको अध्यक्ष मनोज केसीको भनाई छ । नेपाली फिल्मको विकास, विस्तार र प्रवद्र्धनका लागि फिल्म महोत्सव गर्न लागिएको हो । फिल्म महोत्सबाट उठेको सम्पूर्ण रकम चलचित्र प्राविधिक संघको कल्याणकारी कोषमा जम्मा गरिने महासचिव अनन्त तिमिल्सिनाले बताए ।
फिल्म महोत्सव सकिएपछि आठौ नेफ्टा फिल्म अवार्डको आयोजना गर्ने तयारी प्राविधिक संघले गरेको छ । नेफ्टा अवार्ड पनि प्राविधिक संघको कल्याणकारी कोषका लागि आयोजना गर्ने महासचिव तिमिल्सिनाको भनाई छ । यसपटकको नेफ्टा अवार्ड पनि देश बाहिर नै हुने अध्यक्ष केसीले बताए ।महोत्सवमा चल्ने फिल्म हेर्नका लागि दर्शकले टिकट काट्नुपर्ने हुन्छ । टिकटबाट उठेको सम्पुर्ण रकम चलचित्र प्राविधिक संघको कल्याणकारी कोषमा जाने नेफ्टाले बताएको छ । महोत्सव कहाा हुन्छ भन्ने अहिले पक्का भएको छैन ।

