अभिनेता जीवन लुईंटेल फिल्म क्षेत्र छाडेर करिब तीन महिना अमेरिकामा रहँदा उनी पलायन हुन लागेको अनुमान थालिएको थियो । तर जीवन धेरैको अनुमान विपरित नेपाल फर्किए । फर्किए पनि त्यो बेला जब देश भूकम्पले निम्त्याएको ताण्डवसँग जुधिरहेको छ । जीवन पनि नेपाल फर्किए लगत्तै राहत वितरणमा संलग्न भए ।
यसरी कहिले विदेश यात्रा त कहिले भूकम्पका कारण एक्सन कटको दैनिकीबाट बाहिर रहेका जीवन लुईंटेल अन्तत ः अभिनयमा फर्किएका छन् । उनले फिल्म बाजीगार मार्फत् अभिनय यात्रालाई निरन्तरता दिएका हुन् । हाल जीवन राजबिराजमा फिल्मको सुटिंग गरिरहेका छन् । जीवनले राजबिराजबाट फिल्मीखबरसँग कुरा गर्दै करिब ५ महिना पछि सुटिंगमा फर्किएको बताए ।
उनले पछिल्लो समय अमेरिका उड्नु अघि फिल्म भूलभुलैयाको गीतको सुटिंग गरेका थिए । शेखर कोइरालाको निर्माणमा बनेको फिल्मलाई रन्जित रानाले निर्देशन गरिरहेका छन् । फिल्ममा जीवनसँगै संजोग कोइराला, अनुशाह, निष्मा घिमिरेले पनि अभिनय गरिरहेका छन् ।

