Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

साहरुखसँग रोमान्स गर्न काजोल बुल्गेरिया जाने

एजेन्सी, मुम्बई, 2015/06/02

बलिउड फिल्मको छायांकन भारतमा भन्दा धेरै बाहिर हुन्छ । बलिउड फिल्मका मेकरहरु लोकेशनका लागि भारत बाहिर पुग्ने गरेका छन् । निर्देशक रोहित सेट्टीले पनि आफ्नो छायांकनरत फिल्म ‘दिलवाले’मा बुल्गेरियाका दृश्य कैद गर्ने भएका छन् ।

 

यसका लागि यो टोली वुल्गेरिया जाने भएको छ । गोवामा फिल्मको केही हिस्सा खिचिएको छ । अभिनेता बरुण धवन र अभिनेत्री कृती सेननलाई लिएर गोवाका दृश्य खिचिएको हो । अब, अर्को साताबाट अभिनेता तथा निर्माता साहरुख खान छायांकनमा जोडिनेछन् । साहरुख फिल्म छायांकनका लागि अर्को साता वुल्गेरिया जान लागेका हुन् । साहरुखसँग अभिनेत्री काजोलले रोमान्स गर्दैछन् । काजोल पनि साहरुखसँगै बुल्गेरिया पुग्ने भारतीय मिडियाले  बताएका छन् ।

 

यो फिल्ममा साहरुखले काजोलसँग पानी मुनि रोमान्स गर्ने छन् । यति मात्र होइन, साहरुखको पानी मुनिको द्धन्द्धको दृश्य पनि खिचिनेछ । यसै बर्षको क्रिसमसमा प्रदर्शन गर्ने तयारीका साथ ‘दिलवाले’को छायांकन भैरहेको छ । यसअघि थुप्रै हिट फिल्म दिइसकेका साहरुख र काजोल सन् २०१० मा ‘माई नेम इज खान’ प्रदर्शनमा आएपछि पर्दामा देखिएका थिएनन् ।

Most Visited News (monthly)