Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हलमा नयाँ फिल्मको अभाव

फिल्मीखबर, काठमाडौं, 2015/06/02

भुकम्प आउनु भन्दा अगाडि हलमा फिल्म चलाउन निर्मातालाई गाह्रो हुन्थ्यो । भुकम्पछि स्थिती बदलिएको छ । निर्माताहरु हलमा फिल्म चलाउन डराइरहेका छन् । जसका कारण अहिले हलमा फिल्मको अभाव भएको छ ।



देशभरका हलमा फिल्मको अभाव हुँदा हल संचालनमा आएपनि त्यसको अर्थ खासै देखिएको छैन । नयाँ फिल्म चलाउन निर्माता डराउँदा पुराना नेपाली फिल्म हलमा छन् । जसका कारण हल संचालन गर्नु र नगर्नुको अर्थ नभएको वितरक तथा हल संचालकहरु नै बताउँछन् ।



पुरानो फिल्म छ एकान छ ले पनि २ दिनमै दम तोडिसकेको छ । अन्य नयाँ फिल्म भदौ अगाडि चल्ने संकेत छैन । जसका कारण पनि अहिले हल संचालन गर्न नै धौ धौ भएको संचालकहरुको भनाई छ ।



नयाँ हिन्दी फिल्म हलमा लागेपनि त्यसले केही काठमाण्डौका मल्टिप्लेक्सलाई राहत दिएको छ । तर, सिंगल तथा नेपाली  फिल्म हेर्न दर्शक आउने काठमाण्डौ बाहिरका हललाई भने अप्ठ्यारो परेको छ ।



भदौ ४ भन्दा अगाडि कुनै पनि नयाँ नेपाली फिल्म चल्ने सुरसार छैन । हुनत, केही वितरकहरु असारबाट नै नयाँ फिल्म हलमा लगाउने सोचमा पनि छन् । तर, भुकम्पपछि हल खुले नयाँ फिल्म हाल्न तयार रहेको बताएका निर्माता संघका अध्यक्ष राजकुमार राई पनि अहिले मौन नै छन् ।
 

Most Visited News (monthly)