Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘नाई नभन्नु ल ४’मा आर्यन पक्का !

फिल्मीखबर, काठमाडौं, 2015/06/02

भुकम्पछि स्थिती सामान्य बन्न थालेपछि अब रोकिएका र नयाँ फिल्मका काम धमाधम सुरु हुँदैछन् । निर्माताहरुले रोकिएका फिल्मको छायांकन सुरु गरिसके भने नयाँ फिल्मका छायांकन पनि सुरुवात गर्ने तयारी थालेका छन् ।


चैत्रको अन्तिम साता प्रदर्शनमा ल्याउने गरि निर्माता तथा निर्देशक विकास आचार्य फिल्म ‘नाई नभन्नु ल ४’ को छायांकन सुरु गर्ने तयारी गरेका थिए । तर, भुकम्पछि यो फिल्मको छायांकन सुरु हुन सकेको थिएन ।विकासले फिल्म ‘नाई नभन्नु ल ४’ को छायांकन भदौको मध्य भागबाट सुरु गर्ने तयारी गरेका छन् । ‘नाई नभन्नु ल ३’ मुष्कान ढकाललाई निर्देशनको जिम्मा लगाएका उनले ‘नाई नभन्नु ल ४’ भने आफै निर्देशन गर्दैछन् ।

 


बसन्त सापकोटाले संगीत भरेको फिल्मको गीतबाट उनी प्रफुल्लित देखिएका छन् । यसपटक पनि बसन्तले गजबकै संगीत गरेका छन् भन्दै विकास आफू निकट फिल्मीकर्मीलाई सुनाउछन् ।

 

फिल्म ‘नाई नभन्नु ल ४’ मा आर्यन सिग्देल मुख्य अभिनेताको रुपमा हुने पक्का जस्तै छ । आर्यले साउन १५ बाट क्लासिकको छायांकन सुरु गर्ने भएकाले पनि भदौको मध्य भागबाट विकासले सोच बनाएका हुन् । उनले सुविन भट्टराइको चर्चित कृति ‘समर लभ’लाई आधारित बनाएर पनि फिल्म बनाउने तयारी थालेको वुझिएको छ । सुविनले विकाससँग यो बारेमा कुरा पनि गरिरहेका छन् ।

Most Visited News (monthly)