Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

सलमान, शाहरुख र आमिर एउटै फिल्ममा !

एजेन्सी, मुम्बई, 2015/06/01

बलिउडमा कुनै पनि निर्माताले देखिरहेको सपना पूरा हुने भएको छ । बलिउडका ‘तीन खान’ आमिर, सलमान र शाहरुखलाई दर्शकले एउटै पर्दामा एकसाथ देख्न पाउने भएका छन्  । भारतको एक प्रतिष्ठित दैनिकले दिएको खबर अनुसार ‘तीन खान’ निर्माता निर्देशक साजिद नाडियावालाको फिल्ममा काम गर्ने सम्भावना छ । त्यसका लागि काम समेत सुरु भईसकेको अखबारले जनाएको छ ।



साजिदको विश्वस्त श्रोतलाई उद्धृत गर्दै अखबारले लेखेको छ, ‘ साजिदले यस्तो फिल्म बनाउने निर्णय गरेका छन् जसमा तीनै खानको अभिनय रहेको छ । सम्भवतः फिल्म साजिद स्वयंले निर्देशन गर्नेछन् र फिल्मका लागि मनमोहन देसाईको फिल्म अमर अकबर एन्थोनी जस्तो कथा साजिदको दिमागमा छ ।’



फिल्म २०१७ को जनवरीमा सुरु गर्ने र सोही वर्षका अन्त्य अर्थात डिसेम्बरमा रिलिज गर्ने तयारी रहेको पनि समाचारमा उल्लेख छ । यसअघि शाहरुख र सलमान खानले तीनवटा फिल्ममा सलमान र आमिरले एउटा फिल्ममा अभिनय गरेपनि शाहरुख र आमिरले भने आजसम्म सँगै काम गरेका छैनन् ।

Most Visited News (monthly)