मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सन्नीसँग फिल्म खेल्न चाहन्छन् यी अभिनेता

फिल्मीखबर, काठमाडौं, 2015/05/26

बलिउडका राम्रा अभिनेताहरुले अभिनेत्री सन्नी लियोनीसँग फिल्म खेल्न रुचाउँदैनन् । यसैले पनि सन्नीलाई बलिउडमा टिक्नका लागि सफल मानिएका अभिनेताको साथ चाहिन्छ । तर, उनीहरुले सन्नीसँग फिल्म खेल्न चाहेका छैनन् । तर, तन्नु वेड्स मन्नु, थ्रि इडियट्स जस्ता फिल्मका अभिनेता आर माधवनले भने सन्नीसँग फिल्म खेल्ने चाहना राखेका छन् ।



तन्नु वेड्स मन्नु रिटन्र्सका अभिनेताले संवाददाताको प्रश्नमा सन्नी लियोनीसँग फिल्म खेल्न चाहेको बताए । बलिउडमा केही यस्ता असुहाउँदा जोडी देखिएका छन्, जसको फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरेको छ ।



पीकुमा इरफान खान र दीपिका पादुकोण देखिए । यस्तै, हाइवेमा रणदिप हुड्डा र आलिया भट्ट, पुलिसगिरीमा प्राची देसाई र संजय  दत्त, द डर्टी पिक्चर्समा विद्या बालन र इमरान हास्मीको जोडी देखियो । यसैले पनि माधवनले पनि सन्नीसँग फिल्म खेल्न चाहेको हुनसक्छ ।