मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अमिताभले दिए नेपाली भूकम्प पीडितलाई १७ लाख

फिल्मीखबर, काठमाडौं, 2015/05/25

नेपालको भूकम्पपीडितहरुको सहयोगका लागि भारतीय अभिनेता अमिताभ बच्चनले १७ लाख नेपाली रुपैयाँ सहयोग गरेका छन् । सामाजिक सञ्जाल ट्वीटर मार्फत अमिताभले सोको जानकारी गराएका हुन् ।


बच्चनको सहयोगप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्वीटरमार्फत् धन्यवाद व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले ट्वीटरमा लेखेका छन्, ‘नेपालका भूकम्पपीडितहरुको सहयोगार्थ सिनियर बच्चनले  प्रधानमन्त्री राहत कोषमा प्रदान गर्नुभएको ११ लाख भारु सहयोगका लागि धन्यवाद दिन चाहन्छु । यो त उहाँको नम्र र करुणाप्रद भावनाको म कदर गर्दछु ।’


अमिताभले पनि आफ्नो ट्वीटर अकाउन्टमार्फत् अन्य कलाकारहरुलाई भूकम्पपीडितहरुलाई सहयोगका लागि आग्रह गरेका छन् । यसअघि अमिताभले ट्वीटरमार्फत् नेपालका भूकम्पपीडितहरुको शान्तिका लागि ईश्वरसँग कामना गरेका थिए ।उनको सहयोगलगत्तै ट्वीटरमा अन्य कलाकारहरुले पनि नेपालका पीडितहरुका लागि सहयोग गर्नुपर्ने ट्वीट गर्नेहरु बढेका थिए ।