मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

प्रधानमन्त्री कोषमा बोर्डको ५ लाख सहयोग

फिल्मीखबर, काठमाडौं, 2015/05/25

भूकम्पपछि प्रधानमन्त्री दैविक प्रकोप तथा उद्दार राहत कोषमा अपेक्षा अनुरुप रकम जम्मा भएको छैन । नेपाल सरकारले पनि जनतासँग आग्रह गरिदिन कलाकारहरुलाई भनिरहेको छ । यही समयमा चलचित्र विकास बोर्डले भने कोषमा नगद ५ लाख राहत जम्मा गरेको छ । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी कार्यलय बालुवाटारमा पुगेर उनीहरुले नगद सहयोग गरेका हुन् । विकास बोर्डका तर्फबाट सदस्यहरु सुरेश दर्पण पोख्रेल, रुपा राना र राजेनद्र केसी प्रधानमन्त्री निवास पुगेका थिए ।

 


सोही भेटमा कलाकारहरुले सुरु गरेको ‘हामी सबैका लागि’ अभियानका क्रममा तयार पारेका ४० वटा घरको नमुना पनि प्रधानमन्त्रीलाई वुझाएका थिए । अभियानका सदस्यहरु केकी अधिकारी, वेनिशा हमाल, नन्दिता केसी, अजय पोख्रेल, राजन काफ्ले, यशराज बालुवाटार पुगेका थिए ।  प्रधानमन्त्रीले छोटो समयमा अस्थायी घर बनाएर पीडितलाई हस्तान्तरण गरेकोमा कलाकारलाई धन्यवाद दिदै खुशी व्यक्त गरेको संयोजक सुरेश दर्पण पोखरेलले जानकारी गराएका छन् ।

 

‘अरुले त खाली कुरा मात्र गरिरहेका थिए । तपाईंहरुले त साँच्चि नै बनाईसक्नु भएछ,’ बनेका घरका नमूना हेर्दै प्रधानमन्त्रीले भनेका कुरा उद्धरण गर्दै पोखरेलले थपे, ‘उहाँले केही सदस्यलाई खुशी हुँदै अँगालो नै मारेका थिए ।कलाकारले गत बुधबार काभ्रेको  रामपुर डाँडामा ४० वटा घर बनाई स्थानीयलाई हन्तान्तरण गरेका थिए