मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कंगनाको फिल्मको लोभलाग्दो कमाई

फिल्मीखबर, काठमाडौं, 2015/05/24

बलिउडमा पुरुष कलाकारले अभिनय गरेका फिल्मले असफलताको स्वाद चाख्दा महिला कलाकार भने अगाडि देखिएका छन् । रणवीर कपुर अभिनित फिल्म बम्बे बेलबेट पूर्ण रुपमा असफल हुँदा अभिनेत्री कंगना रनावत अभिनित फिल्म तन्नु वेड्स मन्नु रिटन्र्सले व्यापारमा उचाई पाएको छ ।



समिक्षकदेखि दर्शकबाट समेत खुबै तारिफ पाएको यो फिल्मले पहिलो दिनमै ८.७५ करोडको व्यापार गरेको छ । रणवीर कपुरको फिल्मले पहिलो दिनमा ६ करोड हारहारीको व्यापार गरेको थियो ।फिल्मको शनिबार र आइतबारको व्यापार झनै माथि हुने विश्लेषकहरु बताउँछन् । प्रमोशन खर्च समेत जोड्दा यसको कुल लगानी ३० करोडको छ । फिल्मले ३ दिनमै लगानी उठाउने संभावना छ ।



यसअघि दीपिका पादुकोण अभिनित फिल्म पीकुले पनि राम्रो व्यापार गरेको थियो । पुरुष कलाकारका फिल्म असफल हुँदा महिलालाई केन्द्रमा राखेर तयार पारिएको फिल्मको व्यापार राम्रो देखिएको छ । फिल्ममा कंगनाको कामको खुलेरै तारिफ गरिएको छ ।