मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भूकम्पले चलचित्र पत्रकारिता दिवस प्रभावित

फिल्मीखबर, काठमाडौँ, 2015/05/21

वैशाख १२ गते गएको भूकम्पका कारण जेठ ७ गते मनाइदै आइएको चलचित्र पत्रकारिता दिवस पनि पूर्ण रुपमा प्रभावित भएको छ । आज मनाइदै आएको चलचित्र पत्रकारिता दिवस भूकम्पका कारण उल्लासमय तरबले मनाउन नसकिएको चलचित्र पत्रकार संघले विज्ञप्ती निकालेर बताएको छ । महासचिव सन्दिप सापकोटाले जारी गरेको विज्ञप्तीमा हरेक बर्ष चलचित्र पत्रकारिता दिवसमा प्रदान गर्दै आइएको चलचित्र पत्रकारिता पुरस्कार र सम्मान पनि वितरण गर्न नसकिएको बताएका छन् ।



चलचित्र पत्रकार संघले हरेक बर्ष आफ्नो बार्षिकोत्सवको अवसर पारेर २ चलचित्र पत्रकारलाई चलचित्र पत्रकारिता पुरस्कार र एक चलचित्र पत्रकारलाई सम्मान प्रदान गर्दै आएको छ । सही समय आएपछि दुबै पुरस्कार प्रदान गर्ने महासचिवको विज्ञप्तीमा उल्लेख छ ।संघले भूकम्पपछि राहत वितरणमा चलचित्र पत्रकारहरुले गरेको कामको सह्राना पनि गरेको छ । यस्तै, फिल्मीकर्मीहरुले राहत वितरण र पूनस्थापनामा देखाएको सक्रियतामा संघले धन्यावद पनि दिएको छ ।