मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

सरकारलाई मौका दिन हमालको आग्रह

फिल्मीखबर, काठमाडौं, 2015/05/21

अभिनेता राजेश हमालले देश चलाउनका लागि सरकारको ढुकुटीमा रकम हुन आवश्यक रहेको बताएका छन् । उनले सरकारमा बस्नेहरुले काम नै नराम्रो गरेर जनताको विश्वास गुमाएको बताए । तर, पनि एकपटक शंकाको सुविधा दिएर हेर्न उनले सबैलाई आग्रह गरेका छन् । प्रधानमन्त्री दैवीक प्रकोप तथा उद्दार कोषमा रकम जम्मा नभएपछि सरकारले हमाल लगायत केही कलाकार, खेलाडी र समाजसेवीलाई गुहारेको थियो ।



एड्मायर नेपालले सुरु गरेको ‘एक अभियान’ कार्यक्रममा बोल्दै अभिनेता हमालले प्रधानमन्त्री दैविक प्रकोप तथा उद्दार कोषमा नै रकम जम्मा गर्न आग्रह गरेका हुन् । उनले रकम भूकम्प पीडितसम्म  पुग्नका लागि एनजिओ, आइएनजिओ भन्दा पनि सरकार नै प्रभावकारी माध्यम भएको बताए ।



सरकारमा बसेकाले अविश्वासको काम गरेकाले जनताले प्रधानमन्त्री दैविक प्रकोप कोषमा रकम जम्मा गर्न नसकेको उनले बताए । तर, एक पटक शंकाको दृष्टिकोणबाट हेर्दै सरकारलाई यो अवसर दिन उनले आग्रह गरे ।