मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.67/5.00)
Text size:-
+
-

गाउँमा अनमोल क्रेज

फिल्मीखबर, काठमाडौं, 2015/05/20

अनमोल केसीलाई सामान्यतया मल्टिप्लेक्सको हिरो भनेर चिनिन्छ । उनले अभिनय गरेका दुई फिल्म ‘होस्टल’ र ‘जेरी’ सिंगल थिएटरमा भन्दा मल्टिप्लेक्सममै चले । सोही कारणले पनि अनमोलका फ्यान गाउँमा भन्दा सहरमा रहेको अनुमान थियो ।

 

तर बुधबार काभ्रेको एक गाउँमा पुगेका अनमोललाई त्यहाँका केटाकेटीले घेरेर हैरान पारे ।  सँगै अनमोलका पिता तथा अभिनेता भूवन केसी पनि थिए तर भुवन केसीलाई भन्दा त्यहाँका बासिन्दाले अनमोलमै रुची देखाए । अनमोल रामपुर डाँडामा कलाकर्मीले निर्माण गरेको अस्थायी टहरा हस्तातन्तरण कार्यक्रममा पुगेका थिए । तर, उनी कार्यक्रममा भन्दा स्थानिय बालबालिका, युवा यूवती, यूवाको विचमा नै रुमलिए ।


एउटा विकट गाउँमा पनि अनमोल क्रेज स्पष्ट देखियो । घर हस्तान्तरण कार्यक्रममा सहभागिता जनाउन गएका अनमोललाई कार्यक्रममा बस्ने फुर्सद नै मिलेन । उनले कहि घरको भित्ता त कहिँ रुखको सहारा लिएर निरन्तर अटोग्राफ दिइरहे । भूकम्पपले किताब कापी पुरिएका विद्यार्थीले जे भेट्यो त्यहीमा अनमोलको अटोग्राफ लिएका थिए ।

 

फिल्म हल नै नभएको स्थानमा पनि अनमोलको क्रेज देखेर अरु कलाकार पनि दंग देखिए । झन् भुवन केसीलाई खुशी लाग्ने नै भयो । फ्यानले घेरिएका अनमोललाई हेर्दै भुवन भन्दै थिए ‘आफ्नो छोरालाई यसरी अरुले माया गरेको देख्दा कुन बाबुलाई खुशी लाग्दैन र ?’