बलिउडमा ३ खानपछि नयाँ स्टारडम बनाउने संभावना देखाएका कलाकार हुन्, अभिनेता रणवीर कपुर । कपुर खानदानबाट आएको फाइदा त उनलाई छदै छ, साथमा उनका यूवती फ्यान पनि खुबै छन् । यसैले रणवीरलाई बलिउडको नयाँ नेतृत्वकर्ता पनि भनिएको थियो ।
तर, सन् २०१४ र २०१५ मा देखिएको रणवीरको फिल्मको असफलताले उनलाई ठूलो झट्का लागेको छ । गतबर्ष वेशरम नामक फिल्म असफल भएपछि रणवीरलाई धक्का लागेको थियो । उनले आफूले वेसरम गर्नु जिन्दगीकै गल्ती पनि भनेका थिए ।
तर, यो बर्ष उनलाई नै आशा गरिएर बनाइएको फिल्म रोय पनि पूर्ण रुपमा असफल भयो । तर, रणवीर कपुरलाई माथि उकास्ने आशा गरिएको बम्बे बेलवेटको बक्स अफिसले सबैलाई निराश बनाइदिएको छ । यो फिल्मले ३ दिनमा भारतको बक्स अफिसमा जम्मा १६ करोड कमाएको छ । रणवीरले नै अभिनय गरेको फिल्म वेसरमले असफल भएपनि पहिलो दिनमा २१ करोड कमाएको थियो । १ सय करोड माथिको बजेटमा निर्माण भएको भनिएको यो फिल्म पूर्ण रुपमा असफल भएपछि रणवीरको स्टारडममा पनि धक्का लागेको छ ।

