मिति : २०८१ वैशाख ४, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रणवीर पूर्ण रुपमा असफल

फिल्मीखबर, काठमाडौं, 2015/05/20

बलिउडमा ३ खानपछि नयाँ स्टारडम बनाउने संभावना देखाएका कलाकार हुन्, अभिनेता रणवीर कपुर । कपुर खानदानबाट आएको फाइदा त उनलाई छदै छ, साथमा उनका यूवती फ्यान पनि खुबै छन् । यसैले रणवीरलाई बलिउडको नयाँ नेतृत्वकर्ता पनि भनिएको थियो ।



तर, सन् २०१४ र २०१५ मा देखिएको रणवीरको फिल्मको असफलताले उनलाई ठूलो झट्का लागेको छ । गतबर्ष वेशरम नामक फिल्म असफल भएपछि रणवीरलाई धक्का लागेको थियो । उनले आफूले वेसरम गर्नु जिन्दगीकै गल्ती पनि भनेका थिए ।



तर, यो बर्ष उनलाई नै आशा गरिएर बनाइएको फिल्म रोय पनि पूर्ण रुपमा असफल भयो । तर, रणवीर कपुरलाई माथि उकास्ने आशा गरिएको बम्बे बेलवेटको बक्स अफिसले सबैलाई निराश बनाइदिएको छ । यो फिल्मले ३ दिनमा भारतको बक्स अफिसमा जम्मा १६ करोड कमाएको छ । रणवीरले नै अभिनय गरेको फिल्म वेसरमले असफल भएपनि पहिलो दिनमा २१ करोड कमाएको थियो । १ सय करोड माथिको बजेटमा निर्माण भएको भनिएको यो फिल्म पूर्ण रुपमा असफल भएपछि रणवीरको स्टारडममा पनि धक्का लागेको छ ।