मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

यि हुन सक्छिन् सलमानकी दुलही !

फिल्मीखबर, काठमाडौं, 2015/05/19

सलमानको उमेरले चालिस काटिसक्यो । सँगैका साथीहरु शाहरुख र आमिरका छोरा छोरी फिल्म डेब्यु गर्नेबेला भईसक्दा पनि सलमान खानको भने बिहे हुन सकेको छैन । भएका गर्लफ्रेण्डलाई टिकाउन नसकेपछि सलमानको लगन आजसम्म जुरेको छैन । संगीता बिजलानी, सोमी अलि, ऐश्वर्या राय, कट्रिना कैफ कसैसँगको सम्बन्ध पनि सलमानले बिहेमा परिणत गर्न सकेनन् ।

 

पाँच वर्षे जेल सजायबाट बाल बाल बचेका बेला फेरि एक पटक सलमान खानको विवाह हुने चर्चा सुरु भएको छ । र बाहिरिएका खबरलाई विश्वास गर्ने हो भने सलमानकी हुनेवाल दुलहीमा रोमानियाका टिभि एंकर लुलिया वन्तुरको नाम चर्चामा छ । सलमान र लुलिया सन् २०१०मा फिल्म बडिगार्डको सुटिंङको बेला भेटको थिए । उतिबेला लुलियाकै ब्वाईफ्रेण्डले लुलिया र सलमानको परिचय गराईदिएका थिए तर लुलिया र ब्वाईफ्रेण्डको सम्बन्ध त्यसयता धेरै दिन टिकेन ।

 

ब्वाईफ्रेण्डसँगको सम्बन्ध बिच्छेदका कारण लुलिया डिप्रेसनमा गईन् र यही मौकामा सलमानले लुलियालाई साथ दिए । यसपछि यो सम्बन्ध यति मजबूत बन्यो कि लुलिया महिनौं सम्म पनि सलमान कै घरमा बस्न लागिन् । ऋहिले लुलिया दुबईमा बस्छिन् र सलमानले परिवारले पनि लुलियासँगको विवाहलाई स्विकृति दिएको छ । यसरी सबैकुरा अनुकुल भयो भने सलमानले यो वर्षको अन्त्यसम्ममा विवाह गर्ने बताएका छन् ।

 

नगरुन् पनि किन पूर्व प्रेमिका ऐश्वर्या रायले बिहे गरेर छोरी पनि टुकु टुकु हिंड्ने बनाईसकिन् भने पछिल्ली प्रेमिका पनि रणवीर कपुरसँग लिभिङ टुगेदरमा छिन् र जतिबेला पनि बच्चा जन्माएको खबर दिन सक्छिन् । विचरा सलमान आफ्नी प्रेमिकाहरुले खुरुखुरु अर्कैको बच्चा लिएर हिड्ेको कतिन्जेल हेरेर बसून् ?