२ महिना फिल्म नलाग्दा नेपाली फिल्म नगरिलाई करोडौको घाटा लाग्ने देखिएको छ । वैशाख र जेठमा आशातित र ठूला बजेटका फिल्म प्रदर्शनमा आउने तयारीमा थिए । तर, यी दुई महिना फिल्म प्रदर्शनमा नआउने संकेत देखिएको छ । फिल्मको प्रदर्शन कहिलेदेखि सुरु गर्ने भन्ने नै अहिलेसम्म टुंगो लागेको छैन ।
कलेज, स्कुल सुचारु गर्ने भन्दै मिति तोकिएपनि फिल्मको प्रदर्शन कहिलेबाट गर्ने भन्ने तय भएको छैन । जसका कारण पनि नेपाली फिल्म बजारले करोडौ घाटा व्यहोरेको छ । वैशाख महिनामा रेशम फिलिली, होस्टेल रिटन्स जस्ता महंगा बजेटका आशा गरिएका फिल्म हलमा लाग्ने तयारीमा थिए । जेठमा पनि यस्तै कैयौ दर्शकले प्रतिक्षा गरेका फिल्म सूचीमा थिए । तर, दुई महिना फिल्म नलाग्दा हलले त घाटा ब्यहोर्नु परेको छ, प्रदर्शनका लागि तयार भएका फिल्मको बजेट पनि फ्रिज भएको छ ।
दुई महिनाममा ५ करोड भन्दा माथिको घाटा नेपाली फिल्मले भोग्नु पर्ने देखिएको छ । अर्कोतिर, यसको घाटा यो बर्षभरि नै देखिनेछ । वैशाख र जेठमा पछि सरेका फिल्मले प्रदर्शन मिति तोक्दा अन्य फिल्मसँग जुध्नु पर्ने वाध्यता छ । जसले व्यापारमा पनि असर पर्नेछ । नेपाली मात्र होइन नेपालका मुख्य शहरमा हिन्दी फिल्म पनि प्रदर्शनमा आएका छैनन् । अक्षय कुमार, अमिताभ बच्चन लगायतका फिल्म भारतमा चलेपनि भूकम्पका कारण नेपालमा चलेनन् ।
जसले हल संचालकहरुलाई घाटा लाग्नेछ । उनीहरुले हल भाडा, कर्मचारी खर्च सबै जुटाउने मुख्य माध्यम नै फिल्मको व्यापार हो । जसले गर्दा हलहरुलाई २ महिना घाटा लागेको छ । यस्तै, निर्माताले पनि निर्माण गरेर प्रदर्शन गर्न नपाउँदा उनीहरुको घाटा चुलिने निश्चित जस्तै भएको छ ।