मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पीडितलाई घर बनाईदिन जुटिन् करिष्मा पनि

फिल्मीखबर, काठमाडौं, 2015/05/18

कलाकारहरु कसैले घर  त कसैले चर्पी बनाएका समाचार आईरहँदा अभिनेत्री करिष्मा मानन्धरको संयोजकत्वमा एक जुट भएका कलाकारहरुले पनि भूकम्प पीडितलाई घर बनाईदिने भएका छन् । सोमबार राजधानीको तीनकुनेमा पत्रकार सम्मेलन गर्दै उनीहरुले राजधानीबाट ९ किलोमिटर टाढा रहेको धर्मस्थली चौगाउँमा भूकम्प पीडितलाई घर बनाईदिने जानकारी गराएका हुन् ।

 

पत्रकार सम्मेलनमा बोल्दै संयोजक करिष्मा मानन्धरले परमशक्तिपीठ नेपाल सेवा समिति र कलाकारको सयुंक्त प्रयासमा सो गाउँमा स्थायी घर बनाउन लागेको बताइन् । परमशक्तिपीठ आफैंमा भने धर्म र अध्यात्ममा लागेको भारतीय संस्था हो । उनीहरुले नेपालमा तदर्थ समिति गठन गरी राहत वितरण तथा पुनस्र्थापनामा सक्रियता देखाएका हुन् ।

‘परमशक्तिपीठको प्रस्तावमा हामीले पीडितको पुनस्र्थापनाका लागि घर बनाइदिन लागेका हौं । घर बनाउने सम्पूर्ण स्रोत शक्तिपीठकै हो । हामीले केवल पुलको काम गरिरहेका हौं । स्वयंसेवकको रुपमा हाम्रो संलग्नता रहनेछ,’ करिष्माले भनिन् ।


धर्मस्थली चौगाउँमा रहेका  ७५ वटै  घर भूकम्पले ध्वस्त पारेका कारण शक्तिपीठले ७५ वटै घर निर्माण गर्नेगरी काम थालेको छ । मंगलबारदेखि घर बनाउने थाल्ने र १५ दिन भित्रमा सम्पूर्ण घर निर्माण गरी स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कलाकारको योजना छ ।