मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राहत वितरणमा आकाशको सक्रियता

फिल्मीखबर, काठमाडौं, 2015/05/18

कलाकार तथा निर्देशक आकाश अधिकारीले भूकम्प पछि पीडितहरुको उद्धारका लागि कुनै कसर बाँकी राखेका छैनन् । उनले आफ्नो सामाजिक संस्था आशाको ज्योती नेपालको तर्फबाट ५ वटा जिल्लामा पुगेर राहत वितरण गरेका छन् । आशाको ज्योती नेपालस“ग स्वास्थ्य शिविर सञ्चालनमा आइ टु उइ टिमले सहकार्य गरेको थियो ।

राहत सामग्री वितरणमा शनी सगरमाथा समाज, नेपाली एशोसिएसन अफ नर्दन क्यालिफोर्निया, ग्लोबल रिच इन्टरनेशनल (आइएनसी), आइब्रो प्लस (आएनसी) र चन्द महर्जन (मुनलाइट फार्मेसी, सिद्धिपुर, ललितपुर) ले ‘आशाको ज्योती नेपाल’ स“ग हातेमालो गरिरहेका छन् ।ललितपुरको खोकना, काभ्रे पलाञ्चोकको देउपुर, धादिङको तर्सपु र थाक्रेको साथै लमजुङको बेसिशहर नगरपालिका १४ र बाग्लुङपानी गाविसको तल्लो क्षेत्रमा ‘आशाको ज्योती’ नेपालले राहत वितरण गरिसकेको छ ।

यो टोलीले थुप्रै राहत सामाग्री विभिन्न जिल्लाका भूकम्प पीडितलाई वितरण गरेको छ । जसमा १५ हजार किलो चामल, दाल ५ सय केजी, ५ सय ६० थान त्रिपाल, डेढ सय मिटर म्याट्रेस, १ सय ५० थान गुन्द्री (प्लास्टिक) र १० बोरा आयोडिनयुक्त नुन लगायत अन्य खाद्य सामग्री छन् । निर्देशक आकाश अधिकारीले अब सिन्धुपाल्चोक जाने बताएका छन् । उनले सरकारले समेत अझै कैयौ स्थानमा राहत वितरण गर्न नसकेको बताएका छन् । उनले यसपछि आफूहरु पूनस्थापनाको काममा पनि लाग्ने बताए ।