मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कहाँ गए सौगात मल्ल ?

फिल्मीखबर, काठमाडौं, 2015/05/18

जब दुख पर्छ अनी आफ्ना संझेकाहरुको खोजी हुन्छ । अहिले नेपालमा यस्तै भएको छ । वैशाश १२ गते गएको भूकम्पपछि यतिबेला भूकम्प पीडितहरु आफ्नाको खोजी गरिरहेका छन् । दर्शकहरु आफूले रुचाएका कलाकारको खोजी गर्दैछन् ।


सायद यही भएर होला कलाकारहरु पनि अहिले भूकम्प पीडितकोमा पुगेर घाउमा मल्हम लगाउने र सकेको सहयोग गरिरेका छन् । कोही राहत वितरणमा सक्रिय छन् भने कोही निराश अनुहारमा खुशी खोजिरहेका छन् ।तर, नेपाली फिल्मका चल्तीका अभिनेता सौगात मल्ल भने गायब जस्तै छन् । उनलाई फिल्मीकर्मीले फिल्मको छायांकन भन्दा अन्य समयमा खासै देख्दैनन् । सौगात पनि सार्वजनिक दुनियाँमा रमाउन चाहदैनन् ।

 

तर, देशमा विपत्ती आएको समयमा एउटा कलाकारको भूमिका अहंम हुन्छ । तर, पर्दामा जनताका  लागि खलपात्रसँग लड्ने सौगात अहिले गायब छन् । सौगात मल्ललाई कुनै पनि राहत वितरण, फिल्मीकर्मीको टोलीमा देखिएको छैन ।लुटका हाकु काले आखिर कहिले दर्शकसँग खुलेर बाहिर आउलान् । अरु समयमा त ठिकै हो, तर विपत्तको घडीमा पनि आफ्नो कम बोल्ने र हराउने बानी कायम राख्नु, जायज होला ?