भूकम्प पीडितहरुले प्रत्यछ रुपमा राहत नपाएको गुनासो बढिरहेका बेला मोडल एवं अभिनेत्री पल्लवी भट्टले हातमै पर्ने गरी आर्थिक सहयोग गरेकी छिन् । काठमाण्डू साईडको तारकेश्वर नगरपालिका स्थित साङ्गले गाविसमा ज्यान गुमाउने १९ ब्यक्तिका १५ परिवारलाई प्रत्यछ भेटी उनले १ लाख बराबरको आर्थिक सहयोग गरेकी हुन ।
उक्त गाविसका १,२ र ३ वडाका १५ परिवारले ५ हजार देखि ७ हजार सम्मको आर्थिक सहयोग प्राप्त गरेका थिए । ‘राजधानी भएर पनि पर्याप्त आर्थिक सहयोग नपाएको खबर पाएपछि हामी यहाँ आएका हौं त्यसैले खाने कुराहरु दिनु भन्दा पनि उहाँहरुको आवश्यक्ता अनुसार सामान किन्नुहोस भनेर यो सानो सहयोग गरेकी हुँ,’ पल्लवीले भनिन् ।
६ महिना अघि नेपाल आउँदा ‘अलबिदा’ नामक फिल्ममा एउटा आईटम डान्स गरेकी पल्लवीले सिंगापुर पुगे लगत्तै दोश्रो चरणको राहत सामग्री लिएर पुनः नेपाल फर्किने बताएकी छिन् ।

