Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

कलाकारले तयार गरे २० वटा घर

फिल्मीखबर, काठमाडौं, 2015/05/17

 भूकम्प पीडितहरुका लागि राहत वितरणमा सक्रियता देखाएका कलाकारहरु अहिले उनीहरुलाई पूनस्थापनाको लागि लागेका छन् । सोका लागि काभ्रेको रामपुरा डाँडामा अहिले कलाकारहरुको सक्रियतामा अस्थायी टहरा निर्माण भैरहेको छ ।

 

विगत ३ दिनदेखि कलाकारहरु अहिले सक्रिय रुपमा घर निर्माणमा लागेका छन् । रामपुर डाँडामा ४० वटा घर भत्किएकाले कलाकारहरुले ४० वटा अस्थायी टहरा निर्माणमा लागेका हुन् । आइतबारसम्म उनीहरुले २० घर निर्माण गरिसकेका छन् । एक साता पछि उनीहरुले यी टहरा स्थानियबासीलाई वुझाउनेछन् । फिल्मीकर्मीहरु बाट नै रकम उठाएर पूनस्थापनाको तयारी थालिएको हो ।

 

हामी सबैका लागि अभियानका संयोजक समेत रहेका निर्देशक सुरेश दर्पण पोख्रेलले अहिले कलाकारहरु सक्रिय रुपमा स्थानियसँग समन्वय गरेर टहरा निर्माणमा लागेको बताए । अभिनेत्रीहरु केकी अधिकारी, वेनिशा हमाल, सुरक्षा पन्त, नन्दिता केसी, बर्षा सिवाकोटी लगायत टहरा बनाउन सक्रिय छन् ।

 

यस्तै, अभिनेताहरु जीवन लुइटेल, दिलिप रायमाझी, यश राज लगायतको टोली पनि काभ्रेमै सक्रिय छन् । हामी सबैका लागि अभियानका लागि करिब ७ लाख नगद उठेको छ । बाँकी ४ लाख पनि दिने भनिएको छ, तर प्राप्त भएको छैन, सुरेशले भने । करिब २० जना फिल्मीकर्मी स्थानियसँग मिलेर टहरा निर्माणमा लागिरहेका छन् ।
 

Most Visited News (monthly)