Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जिवनले जलाए भूकम्पको पुत्ला

फिल्मीखबर, काठमाडौं, 2015/05/17

वैशाख १२ गते आएको विनाशकारी भूकम्प र त्यसपछि आएको पराकम्पनले नेपालीहरु त्रसित छन् । हजारौको ज्यान गयो भने धेरै घरबार बिहिन भएका छन् । यसैले अहिले नेपालीहरुले भूकम्पलाई भगाउन भन्दै विभिन्न खालका उपाय रचिरहेका छन् । कतै पृथ्वीको पूजा त कतै भगवानको पूजा समेत गर्न थालिएको छ । कतै भने भूकम्पको पुल्ला समते जलाइएको छ ।

 


काठमाण्डौको कलंकीस्थित शिवनगर गाउँमा रहेका स्थानियले भूकम्पको पुत्ला बनाएर जलाएका छन् । सो पुत्ला जलाउने कार्यक्रममा नेपाली फिल्मका चर्चित अभिनेता जिवन लुइटेल पनि सहभागी भए । जिवनले पुत्लामा आगो लगाउने काम गरेका थिए ।

 


महिला तथा बालबालिकाहरु भूकम्पको मलामी गएका थिए । अभिनेता जिवन लुइटेलले पुत्ला जलाउने कार्यक्रममा आफूलाई सहभागी हुन आग्रह गरेपछि पुगेको बताए । उनले यस्तो खालको कार्यक्रमले मानिसमा सकारात्मक सन्देश प्रवाह हुने र निराशाबाट आशा जाग्ने बताए ।

 

Most Visited News (monthly)