मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

उदित नारायणको खोजी

फिल्मीखबर, काठमाडौं, 2015/05/17

नेपालबाट बलिउड गएका केहीले मात्र आफूलाई अब्बल प्रमाणित गर्न सकेका छन् । आफ्नो प्रतिभाले बलिउडलाई समेत कायल पार्नेमा मनिषा कोइराला र उदित नारायण झा अग्रणी मानिन्छन् ।


वैशाख १२ गतेको भूकम्प पछि विदेशका थुप्रै सेलिब्रेटीले नेपालको विपत्तिमा सहानुभूति र ऐक्यवद्धता प्रकट गरिरहेका छन् त कतिले सहयोग उठाउने क्रम जारी छ । भारतमै रहेकी मनिषाले पनि नेपालीलाई परेको विपत्तिलाई अनभूत गरी कहिले नागपुर त कहिले मरिसस पुगेर राहत जुटाईरहेकी छिन् ।

 

तर नेपालमा नै संघर्ष गरेर बलिउडमा स्थापित भएका उदित नारायण झाले भने आजसम्म सहयोग त परेको कुरा विपत्तिमा परेका नेपालीप्रति सहानुभूति पनि प्रकट गरेको सुनिएको छैन । बरु बलिउडकै ठूला कलाकार अमिताभ बच्चन, शाहरुख खान, आमिर खान, प्रियंका चोपडा आदिले सामाजिक संजालमा स्ट्याटस पोस्ट गर्दै भूकम्प पीडित प्रति समवेदना प्रकट गरेका थिए ।


नेपालसँग भावनात्मक सम्बन्ध बाहेक केही नभएका कलाकारले त नेपालको विपत्तिमा ऐक्यवद्धता जनाईरहेका बेला उदितको खोजी हुनु स्वाभाविक नै हो । मन नहुँदा पैसा नदिएपनि भयो तर कमसेकम सामाजिक सन्जालमै सही नेपालको दुःखमा साथ छु भनेको भए उदितको के जान्थ्यो ?