फिल्म भित्र सोनम कपुरलाई विरलै उत्तेजक दृश्यमा देखिन्छ । महिला प्रधान फिल्म गर्न ज्यादा रुचाउने सोनमले अहिलेसम्म किस सिन सम्म पनि दिएकी छैनन् । सँगैका अभिनेत्रीहरु ब्वाईफ्रेण्डसँगको सम्बन्धका कारण बारम्बार चर्चामा आईरहँदा दर्शकले सोनमका अफेयरका किस्सा पनि सुन्न पाएका छैनन् ।

तर देशभित्र शालिन अभिनेत्रीको छवि बनाएपनि यो पटक कान्समा भने सोनमको बोल्ड अवतार देख्न पाईएको छ । कान्समा सहभागि हुँदा उनले लगाएका लुगाले धेरैको ध्यान खिचेको छ ।भारतीय डिजाइनर अबु संदीपले डिजाइन गरेको सारीमा देखा परेकी सोनमले बोल्डनेशको झलक देखाएकी हुन् । जालीवाला चोलो लगाएकी सोनमले क्लिभेज त देखाएकी छिन् नै अन्तरंग दृश्य पनि लगभग उदांगो पारेकी छिन् ।
यो साल कान्समा बलिउडबाट ऐशवर्या राय र कटिना कैफ पनि सहभागि भएका छन् । कटिना फर्किसके पनि सोनम र ऐश्वर्या भने अझै कान्सका विभिन्न कार्यक्रममा सहभागिता जनाईरहेका छन्

