Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सरकारले गुहार्यो कलाकार

फिल्मीखबर, काठमाडौं, 2015/05/15

प्रधानमन्त्री दैविक प्रकोप कोषका बारेमा जनमानसमा विभिन्न खालका आशंका पैदा भएपछि जनचेतनाका लागि सरकारले विभिन्न कलाकार, खेलाडी र समाजसेवीलाई गुहारेको छ । योजना आयोजका उपाध्यक्ष डाक्टर गोविन्द केसीले कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, अभिनेता राजेश हमालको साथमा राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का, समाजसेवी महाविर पुन र आँखारोग विशेषज्ञ सन्दुक रहतलाई भेटेका हुन् ।

 


प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा हुने रकम पारदर्शी हुने बिषयमा जनतालाई जानकारी गराइदिन डाक्टर केसीले आग्रह गरेका थिए । सो भेटमा कलाकार मदनकृष्ण श्रेष्ठले सरकार बलियो भएको खण्डमा मात्र देश बन्ने भन्दै यस बिषयमा जनतालाई जानकारी गराउने बताएका थिए ।सरकारले गर्ने खर्च विवरण महालेखा परिक्षकले परिक्षण गर्नेदेखि पारदर्शी अपनाइन्छ भन्ने बिषयमा जनतालाई जानकारी दिने कलाकारहरुको भनाई छ ।

Most Visited News (monthly)