अभिनेता आर्यन सिग्देल र निर्देशक तथा कलाकार सुदर्शन थापा कुनै समयका मिल्ने साथी हुन् । सुदर्शनले अभिनेता आर्यनलाई फिल्म मेरो एउटा साथी छ बाट नै चर्चामा ल्याएका थिए । तर, अहिले यी कलाकारको दोस्ती दुश्मनीमा बदलिएको छ ।
आर्यन र सुदर्शन एक अर्कालाई रुचाउँदैनन् । यसैले पनि होला यी दुइले फिल्ममा एकसाथ काम नगरेको लामै समय भैसकेको छ । सुदर्शनले निर्देशन तथा अभिनय गरेको फिल्म चंखे शंखे पंखेको प्रदर्शन मिति भने सरेको छ । तर, यो फिल्मको एक गीतलाई महंगो सेट लगाएर खिचिएको छ । सोही गीतमा सुदर्शनले नृत्य गरेका छन् । तर, यो गीतमा सुदर्शनको नृत्य हेर्दा आर्यनलाई भने हाँसो उठेको छ । आर्यन अहिले सुदर्शनको यो नृत्यको बारेमा साथीभाइसँग मजाक गर्छन् ।
सुदर्शनको नृत्य र गीतमा उनको विभिन्न पोजलाई लिएर आर्यन सुदर्शनले के गरेको होला भन्न थालेका छन् । यो गीतले युट्युबमा सोचेजस्तो प्रतिक्रिया पनि पाएको छैन । तर, आर्यनले भने सुदर्शनसँग आफ्नो दुश्मनीको रिस फेर्ने दरिलो मौका पाएका छन् ।

