Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

भूकम्पले बढायो फिल्मको प्रचार खर्च

फिल्मीखबर, काठमाडौं, 2015/05/07

 प्राकृतिक विपत्ती वाजा बजाएर आउँदैन । भूकम्प आएपछि देश नै अन्यौलमा छ । यो अन्यौलताको घेरामा नेपाली फिल्म पनि परेको छ । भूकम्प आउनु अघि वैशाख र जेठमा प्रदर्शनमा आउने भन्दै केही फिल्मले तिब्र प्रचार सुरु गरेका थिए ।

 

प्रचारमा उनीहरुको लाखौ रकम खर्च भएको थियो । फिल्म रेशम फिलिलीले १ दिन भन्दा अन्य दिनको व्यापार खान पाएन । जसका कारण यो फिल्मको प्रचार पनि अब शुन्यमा झरेको छ । अर्को नयाँ मितिमा प्रदर्शन गर्न फेरि प्रचारलाई तिब्रता दिनुपर्ने हुन्छ । वैशाख १८ मा चल्न लागेका धुन, जन्मभूमि पनि प्रचारको मारमा परे ।

 

यी फिल्मले पनि प्रचारका लागि आफूले सक्दो रकम खर्च गरेका थिए । तर, अब नयाँ मितिमा चल्नका लागि फेरि प्रचार शुन्यबाट सुरु गर्नुपर्नेछ । वैशाख २५ को होस्टेल रिटन्र्सले भदौ ४ लाई मिति तोकिसकेको छ । सर्वाधिक महंगो प्रचार भनिएको फिल्म चंखे शंखे पंखे पनि ६ महिना पछाडि सर्न सक्ने देखिएको छ ।

 

यो फिल्मको पनि प्रचारमा लाखौ रकम खर्च भैसकेको छ । नयाँ मितिमा प्रदर्शनका लागि निर्माताले फेरि नयाँ तरिका अपनाउनुपर्ने हुन्छ । जेठ ८ गतेबाट चल्ने तयारीमा लागेको फिल्म अधकट्टीले पनि नयाँ तरिकाले प्रचार सुरु गर्नुपर्नेछ । यो फिल्मका लागि पनि निर्माताले लाखौ रकम विभिन्न कार्यक्रम र प्रचारमा खर्च गरेका थिए । यसैले, केही नेपाली फिल्मका लागि भने भूकम्पले खर्च बढाइदिएको छ ।

Most Visited News (monthly)