Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'आटादेखिलोटासम्म' बाँड्ने अभियानमा कलाकार

फिल्मीखबर, काठमाडौं, 2015/05/07

अखिल भारतीय तेरापंथयुवक परिषदसँगको समन्वयमा नेपाली सिनेमाका कलकारहरु आज भक्तपुरको बागेश्वरी पुग्दा भुकम्प पिडिहरु निकै खुशी देखिए । उनीहरुले भुकम्पको पिडालाई पनि केहीक्षण भुले । बागेश्वरी पुगेका कलाकारहरुले रमाईलो ढंगमा सरसफाईको कुरा गरे, सबैलाई हसाई हसाई महामारी देखि सचेत रहनआग्रह गरे अनि राहत पनि बाडे ।


आटादेखि लोटासम्म, लाल्टिनदेखि बाल्टिनसम्म भन्ने नाराको साथमा बागेश्वरी पुगेका कलाकारहरुले बिपदको बेला चाहिने अत्यावश्यक सम्पुर्ण सामाग्रीहरु राहत बाडेको छ । एक सय छब्बीस भुकम्प पिडित परिवारहरुलाई परिवारलाई टेन्टमा बस्न चाहिने डाडु, पन्यु, पकाउने भाडाहरु, दाल, तेल, मैनबत्ती, ग्यासस्टोभ,ओछ्याउने  म्याट्रेस,त्रिपाल लगायतका अत्यावश्यक सामग्री सहितको प्याकेटआज बाडिएको हो ।


भारतबाटै आएका तेरापंथ युवक परिषदका पदाधिकारीहरुले पनि नेपाली कलाकारहरुको साथले गर्दा पिडितलाई राहतसँगै खुशी पनि दिन सफल भएकोमा नेपाली कलाकारहरुलाई धन्यवाद दिएका छन् । राहत वितरण कार्यक्रममा दिपकराजगिरी, दिपाश्री निरौला, निर्मल शर्मा गैडा, केदार घिमिरे माग्ने बुढा, दिलिप रायमाझी, रमेश उप्रेती, झरनाथापा, किरण केसी, सुरेन्द्र केसी, सुनिलकुमार थापा, अनुरागमानसिंह कुवँरलगायतको उपस्थिती रहेको थियो ।


आटादेखि लोटासम्म, लाल्टिनदेखि बाल्टिनसम्म अभियान भोली र पर्सि पनिचल्ने यस अभियानका संयोजक बाबुराम दहालले जानकारी गराएका छन् । उनका अनुसार भोली र पर्सि यस्तै अर्को गाँउमा गएर राहतसँगै कलाकारहरुले महामारी बिरुद्ध जनचेतना फैलाउनेछन् ।

Most Visited News (monthly)