Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भूकम्प पीडितहरुको दुखमा साथ दिदै गोपीकृष्ण

फिल्मीखबर, काठमाडौं, 2015/05/07

“गोपीकृष्ण महाभूकम्प राहत संकलन कोष २०७२” मार्फत भूकम्प पीडितहरुको सहयोगमा गोपीकृष्ण निरन्तर लागि रहेको छ । १२ गतेको भूकम्पले ठूलो क्षति पुगेको जिल्ला सिन्धुपाल्चोकको थकनीमा मङ्गलबार गोपीकृष्णले राहत वितरण सँगै निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।

 

गोपीकृष्ण महाभुकम्प राहत वितरण अभियानमा गोपीकृष्ण मुभिजकी अध्यक्ष निकिता पौडेल, नेपाल चलचित्र बिकास कम्पनीका प्रबन्ध निर्देशक निरक पौडेल, टि.भी फिल्मीका स्टेशन म्यानेजर दयाराम पाण्डे, एनएफडिसीका जेनेरल म्यानेजर मनोज केसी, निर्देशकद्धय रेशराज आचार्य र दिनेश राउत, निर्माता सुवास गिरी सँगै पत्रकारहरुको सहभागिता रहेको थियो । भुकम्प पीडित थकनी, मुसुरेका बासिन्दाहरुलाई खाद्यसामग्री, टेन्ट, पालका साथमा लत्ता कपडा वितरण गरिएको छ ।

 


धेरैको घर लडेका छन् । कतिले आफन्त गुमाएका छन् । तैपनि त्यो दुख भुली जीवन निर्वाहका निमित्त थप संघर्ष गर्नुपरेको छ । थकनी मुसुरेका धेरै बासिन्दाहरुको भनाई थियो, बस्नलाई बास नै भएन । अरु केहि चाहना छैन, केवल बस्न पाए हुन्थ्यो । बरु आफु नखाउँला सन्तानलाई खुवाउन पाए हुन्थ्यो । अर्को तिर गुनासाहरु पनि । सरकार सडकसम्म मात्र राहत दिन आयो, माथि उक्लिन सकेन् ।

 


महाभुकम्प पीडित सिन्धुपाल्चोक थकनीका बासिन्दाहरुलाई सहयोग गरे पश्चात् उनीहरुको मुहारमा थोरै भएपनि खुशी देखेको नेपाल चलचित्र बिकास कम्पनीका प्रबन्ध निर्देशक तथा चलचित्र निर्देशक निरक पौडेल । मानवताको कर्म पनि यही रहेको भन्दै भूकम्प पीडितको सहयोगमा लाग्न आ्रगह गरे ।निर्माता सुवास गिरी स्वास्थ्य सेवा दिने हेतुले थकनीको मुसुरे पुगेका थिए । गोपीकृष्णसँगको हातेमालोसँगै मलेशिया इलाईट रेष्क्यु फाउण्डेशनसँगको सहकार्यमा चिकित्सकहरुका साथमा मुसेरे गुगेको टोलीले त्यहाँ रहेका अस्वस्थ जनताका निमित्त स्वास्थ्य सेवा दियो ।


यस्ता धेरै गाउँ र वस्तीहरु छन्, जहाँ महाभुकम्पले महा क्षति गराएको छ । धेरै जन र धन अनि सांस्कृति सम्पदामा क्षति पुर्याएको छ । जहाँका जनता गाँस बास र कपासको अभावमा जीवन यापन गरिरहेका छन् । गोपीकृष्ण भुकम्प पीडितका निमित्त राहत जटाउन र वितरणमा कटिबद्ध छ ।

Most Visited News (monthly)