बलिउड अभिनेता सलमान खानलाई बर्षको जेल सजायँ सुनाइएपछि बलिउडले समर्थनमा आफ्नो भनाई राखिरहेको छ । सबैजसो बलिउडका कलाकर्मीले सलमानलाई समर्थन गरिरहेका छन् । तर, वुधबार सलमानको फैसला आएलगतै बलिउडका चर्चित गायक अभिजितले गरेको ट्विटले सर्वाधिक आलोचना खेपिरहेको छ ।
उनले सडकमा सुत्नेलाई कुकुरसँग तुलना गर्दै सडकपेटीमा सुत्ने मानिस होइन कुकुर हो भनेका छन् । उनले सडक कार र कुकुराका लागि भएको भन्दै मानिसलाई कुकुरसँग तुलना गरेका थिए । उनको यो ट्विटको अहिले चर्को विरोध र आलोचना भैरहेको छ ।
तर, बलिउडका चर्चित कलाकार ऋषि कपुरले त झनै कडा ट्विट गरेका छन् । उनले आफू तानाशाह भएको भए अमिजितलाई नपुसंक बनाइदिने लेखेका छन् । उनले मानिस आफू बस्ने देशको कानुनको विरुद्धमा कसरी यस्तो कुरा गर्न सक्छ पनि भनेका छन् । उनले आफू पनि सलमानको शुभचिन्तक भएको भन्दै देशको कानुनलाई पनि मान्नु पर्ने बताए ।

