मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

भुकम्प पीडितका लागि चलचित्र संघले दुई लाख दिने

फिल्मीखबर, काठमाडौं, 2015/05/06

नेपाल चलचित्र संघले प्रधानमन्त्री दैवी उद्धार कोषमा दुई लाख एघार हजार सहयोग गर्ने भएको छ । संघको बुधबार बसेको बैठकले भुकम्प प्रभावितहरुका लागि खर्च हुने गरी प्रधानमन्त्री दैवी उद्धार कोषमा रक प्रदान गर्ने निर्णय गरेको हो । संघले बिज्ञप्ती जारी गर्दै यस सम्बन्धमा जानकारी गराएको हो ।


त्यसैगरी संघले भुकम्पले पुर्याएको क्षतिका बारेमा अध्यन गर्न तीन सदस्य समिति बनाएको जनाएको छ । समितिमा अध्यक्ष, महासचिव र कोषाध्यक्ष सदस्य रहेका छन् । समितिले इन्जिनियरसँग मिलेर सिनेमाघरमा भएका क्षतिको विवरण निकाल्ने बिज्ञप्तीमा उल्लेख छ ।भौतिक क्षतिको विवरण निकालेसँगै सम्बन्धित निकायमा क्षतिपूर्तिका लागि पहल गर्ने पनि संघले जारी गरेको ५ बुँदे निर्णय उल्लेख गरिएको छ ।