Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ज्वेलरीको विज्ञापनले विवादमा ऐश्वर्या

फिल्मीखबर, काठमाडौं, 2015/04/23

बलिउड अभिनेत्री ऐश्वर्या राय एक विज्ञापनका कारण विवादमा देखिएकी छिन् । ऐश्वर्याले मोडलिङ गरेको एक विज्ञापनमा उनलाई एक बालकले छाता ओडाएका छन् । यो विज्ञापनले बाल मजदुरलाई प्रोत्साहन दिएको सरोकारवालाहरुको भनाई छ । कल्याण ज्वलर्सको एक विज्ञापनमा ऐश्वर्याले बाल मजदुर बन्नका लागि प्रोत्साहन गरेको आरोप लगाइएको छ । राष्ट्रिय बाल अधिकार संरक्षण आयोग र विभिन्न महिला सम्बन्धी संघ संस्थाले यो विज्ञापनको विरोध गरेका हुन् ।

 



उनीहरुले ऐश्वर्यालाई पत्र लेख्दै यस्ता खालका तस्बिर कुनै पनि विज्ञापनमा प्रयोग गर्नु हुन्न भन्ने आशा गरेको बताएका छन् । पत्र हातमा परेपछि ऐश्वर्याले पनि आफ्नो जवाफ दिएकी छिन् । उनले आफूलाई ध्यान आकृष्ट गराइदिएकोमा धन्यवाद भन्दै यो विज्ञापनमा फोटोलाई परिवर्तन गरिएको बताएकी छिन् । उनले आफ्नो पत्र सहित छायांकनको क्रमको एक तस्बिर पनि पठाएकी छिन् ।

Most Visited News (monthly)