नेपाली अभिनेता राजवल्लभ कोइरालाले अभिनय गरेको हलिउड फिल्म 'हाइवे टु धम्पुस'को नेपाल प्रदर्शन मिति तय भएको छ । यो फिल्म नेपालमा जेठ २९ मा चल्ने वितरण कम्पनी आइसफले जानकारी दिएको छ ।
यो फिल्मलाई रिक म्याक फारल्याण्डले निर्देशन गरेका हुन् । फिल्मको छायांकन नेपालको धम्पुस, पोखरा, काठमाण्डौ र अमेरिकामा गरिएको थियो । फिल्ममा रिचेल हर्डवुड, गार्नर राइट, सुएसा राणा, देशभक्त खनाल, सोफी म्याकसेसी, भिन्जेन्स किएराको मुख्य भूमिका छ । यो फिल्म नेपालका मल्टिप्लेक्समा अंग्रेजी भाषामा नै प्रदर्शनमा आउनेछ ।
यो फिल्म विभिन्न महोत्सवमा पनि सहभागी भैसकेको छ । यही फिल्मको छायांकनका क्रममा अभिनेता राजवल्लभ कोइराला अमेरिका पुगेका थिए । उनी अहिले त्यतै बस्न थालेका छन् ।

