Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'छेस्को'को अडियो विमोचन

फिल्मीखबर, काठमाडौं, 2015/04/23
फिल्म 'छेस्को'को अडियो बिमोचन गरिएको छ । काठमाण्डौको मण्डला थिएटरमा आयोजना गरिएको कार्यक्रममा फिल्मका कलाकार तथा निर्माताले अडियो सार्वजनिक गरेका हुन् । फिल्ममा राम कार्कीको संगीत छ । 
 
 
फिल्मको प्रदर्शन साउन १५ गतेबाट हुनेछ । ए आर फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण भएको यो फिल्मलाई सुरेश थापाले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा पूजना प्रधान, करण श्रेष्ठ क्रेजी, पवित्रा आचार्य, राजन कार्की, रविन वैद्यको मुख्य भूमिका छ । 
 
फिल्मलाई लागू पदार्थ तथा समाजमा बढेको बलात्कार विरुद्ध सचेतना जगाउने कथामा तयार पारिएको छ । शिवंम पोख्रेलले नृत्य निर्देशन गरेको फिल्ममा गणेश कुमार श्रेष्ठले छायांकन गरेका छन् । फिल्मलाई दुर्गा बिष्टले लगानी गरेकी हुन् ।
Most Visited News (monthly)