Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ऋषि लामिछाने ‘किस्मत २’ निर्देशक

फिल्मीखबर, काठमाडौं, 2015/04/23

श्याम भट्टराईले निर्देशन गर्ने भनि घोषणा गरिएको फिल्म ‘किस्मत २’ अब ऋषि लामिछानेले निर्देशन गर्ने भएका छन् । फिल्म सम्बन्धि प्रदर्शनीमा भाग लिन  अमेरिका गएका श्याम भट्टराई फर्कन ढिला हुने भएपछि निर्देशनको अभिभारा ऋषिलाई सुम्पने निर्णय गरेको छवि ओझाले जानकारी गराएका छन् ।


‘श्याम अझै केही महिना अमेरिकामा बस्ने भएपछि श्यामकै सल्लाहमा ऋषिजीलाई लिने निर्णय गरेका हौं । उहाँले निर्देशन गरेको ‘हवल्दार सुन्तली’ले राम्रो व्यापारसँगै सकारात्मक प्रतिक्रिया पनि पाएकाले हाम्रो प्राथमिकतामा ऋषिजी पर्नु भएको हो,’ छवि ओझाले बताए ।

 


निर्देशनको जिम्मेवारी पाएका ऋषि लामिछानेले ‘किस्मत २’ निर्देशनको अवसरलाई जिम्मेवारी र चुनौति दुवैको रुपमा ग्रहण गरेको बताए । ‘छवि दाइले निर्देशनका लागि दोहोर्याउनु निश्चय नै खुशीको कुरा हो तर यो फिल्म पहिलाको हिट फिल्मको सिक्वेल भएकाले एक साथ जिम्मेवारी र चुनौति  महसुस गरिरहेको छु । सदा झैं राम्रो फिल्म बनाउने प्रयत्न रहनेछ, ऋषिले भने ।

 


फिल्म जेठको पहिलो  हप्ताबाट फ्लोरमा जाने र तिहारको समयमा रिलिज हुनेछ । छविराज प्रोडक्सनको ब्यानरमा बन्ने फिल्ममा श्याम भट्टराईको कथा, सामीप्य राज तिमल्सेनाको पटकथा र अर्जुन पोखरेलको संगीत रहेको छ ।

Most Visited News (monthly)