Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

२९ जेठबाट आउँदै `राहदानी`

फिल्मीखबर, काठमाडौं, 2015/04/22
फिल्म ‘राहदानी’को प्रदर्शनी तिथि तय गरिएको छ । यो फिल्मलाई आगामी २९ जेठबाट काठमाडौं र मोफसलका सिनेमा हलमा एकसाथ प्रदर्शनी गरिने यसका प्रस्तुतकर्ता लक्ष्मीप्रसाद ढकालले जानकारी गराएका छन् । 
 
ढकालका अनुसार यो फिल्मलाई बितरण संस्था ‘एफडी’ले मोफसलमा बितरण गर्दैछ । यस्तै काठमाडौं उपत्यकाको लागि बितरण सम्झौता बितरण संस्था ‘पपकर्न’सँग भएको पनि उनले बताए । यो फिल्मलाई सञ्चारकर्मी डब्बु क्षत्रीले निर्देशन गरेका हुन् । फिल्मका लेखक पनि उनी आफैं हुन् ।
 
फिल्मबारे निर्देशक क्षत्रीले भने,‘खाडी मुलुकमा बैदेशिक रोजगारीमा रहेको नेपाली युवाहरुले पठाएको रेमिट्यान्सले मुलुकको कुल ग्राहस्थको २५ प्रतिसत सघाउ पुर्‍याएको छ । तर उनीहरुले भोगिरहेको कैयौं समस्याप्रति सरकारले बेवस्ता गरिहरेको छ ।’ क्षत्रीले अगाडि थपे,‘बैदेशिक रोजगारका यस्ता कैयौं समस्यालाई यो फिल्ममा समेटिएको छ । बैदेशिक रोजगारमा जाँदा घर देखि बिदेशसम्म नेपाली कामदारले भोग्न समस्यामा यो फिल्म केन्द्रित छ ।’
 
चलचित्रले काठमाडौं र मोफसलमा गरेर डेढ दर्जन भन्दा बढी च्यारिटी शो गरिसकेको छ । जसबाट विभिन्न संस्थालाई सहयोग गरिएको पनि क्षत्रीले जानकारी गराए । फिल्ममा दयाहाङ राई, रुपा खनाल, अशोक रिजाल, नविन लम्साल, सृजना सुब्बा, मोनिका दाहाल, फुपुतेन्जिङ शेर्पा, विकाश जोशी, दिनेश दुलाल, अस्मिता बस्नेत, विधा कार्की, लक्ष्मण बिक्रम बस्नेत सहितको अभिनय रहेको छ । यसमा रिमा विश्वकर्माको आईटम डान्स रहेको छ ।
 
फिल्ममा राजु शाहको नृत्य निर्देशन, बसन्त सापकोटा, चेतन सापकोटा, जुगल डँगोल र गैरे सुरेशको संगीत, बनिश शाहको सम्पादन, रामशरण उप्रेतीको छायांकन रहेको छ ।
 
Most Visited News (monthly)