Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

`चंखे शंखे पंखे`ले युवा नेता छान्ने

फिल्मीखबर, काठमाडौं, 2015/04/22

जेठ १ गते प्रदर्शन हुने फिल्म ‘चंखे शंखे पंखे’ले फिल्मकै कथामा आधारित रहेर युवा नेता छान्ने प्रतियोगिताको घोषणा गरेको छ । बुधबार राजधानीको क्युज सिनेमा हलमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मले देशका ८ सहरबाट १० जना छान्ने र ती मध्येबाट तीन जना युवा नेता छानेर पुरस्कृत गर्ने घोषणा गरेको हो । 

१० जना बीचको प्रतिस्पर्धाबाट पहिला, दोस्रा र तेस्रा हुने युवालाई क्रमशः १ लाख, ५० हजार र २५ हजार नगद प्रदान गरिनेछ ।प्रतियोगिता राजधानीसँगै राजधानी बाहिरका धनगढी,नेपालगञ्ज,बुटवल,चितवन,पोखरा,दमक,धरान र बिराटनगरका सहरमा हुनेछ । हरेक सहरबाट १ जना र राजधानीबाट दुई गरी १० जना बीच वैशाख २९ गते अन्तिम प्रतिस्पर्धा गराई विजेता छान्ने कार्यक्रममा जानकारी गराईयो । 

 

निर्देशक सुदर्शन थापाले फिल्म प्रमोसनसँगै युवालाई सक्षम बनाउन कार्यक्रमको आयोजना गरिन लागेको जानकारी गराए ।देशभक्तिको विषयमा बनेको फिल्ममा सुदर्शन थापा, सुवास थापा, प्रेम पुरी, पूजा शर्मा आदि कलाकारले अभिनय गरेका छन् ।

Most Visited News (monthly)