बलिउड अभिनेता विवेक ओवराय दोश्रो पटक पिता बनेका छन् । उनकी पत्नी प्रियंकाले छोरीलाई जन्म दिएकी हुन् । विवेक र प्रियंकाका छोरा विवान विर २ बर्षको भैसकेका छन् ।
प्रियंकाले छोरीलाई जन्म दिएपछि सवैभन्दा पहिला बलिउड अभिनेत्री जेनेलिया डिसुजाले बधाई दिएकी छिन् । उनले ट्विटरबाट बलिउडका यी चर्चित अभिनेता र उनकी पत्नीलाई पुत्रीलाभका लागि वधाई दिएकी हुन् ।
छोरीको जन्म भएपछि विवेक पनि खुशी देखिएका छन् । बलिउडमा सधै नै चर्चामा रहेपनि विवेकले उच्च सफलता भने पाएका छैनन् । तर, गतबर्ष क्रिस ३ र ग्रान्ड मस्ती हिट भएपछि विवेकको चर्चा चुलिएको थियो । विवेक र प्रियंकाको बिहे सन २०१० अक्टोबर २९ मा भएको थियो । प्रियंका कर्नाटकका मन्त्री जिवराज अल्वाकी पुत्री हुन् ।

