Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`आवेग` नआउँदै `होलिडे`

फिल्मीखबर, काठमाडौं, 2015/04/22
बसन्त निरौलाले 'आवेग' प्रदर्शनमा नआउँदै फिल्म 'होलिडे' बनाउने भएका छन् । काठमाण्डौको पुतलीसकडमा संगीतकार टंक बुढाथोकीले संचालनमा ल्याएको स्टूडियो ९ मा गीत रेकिडङ सुरु गर्दै फिल्म बनाउने घोषणा गरिएको हो । 
 
 
 
द्धन्द्धात्मक प्रस्तुतीमा तयार हुने यो फिल्मको छायांकन देश बाहिर पनि हुनेछ । फिल्मका कलाकार पक्का भएका छैनन् । 'होलिडे'मा टंक बुढाथोकीले नै संगीत भरेका छन् । ३ गीत समावेश फिल्मको एक गीतमा टंक र मनिषा पोख्रेलले आवाज दिएका छन् । 
 
फिल्म 'होलिडे' घोषणा कार्यक्रम निर्देशक निरौलाको जन्मदिनको अवसर पारेर गरिएको थियो । अभिनेता आर्यन सिग्देल, अभिनेत्री संचिता लुईटेल र पवित्रा आचार्य, कलाकार सोहित मानन्धर र रमेश बुढाथोकीको उपस्थितीमा केक काटियो । 
 
टंकले संचालनमा ल्याएको स्टूडियो ९ को उद्घाटन भने गायक आनन्द कार्कीले गरेका थिए । यो स्टूडियोमा अन्य संगीतकारको गीत रेकडिङ नहुने टंकको भनाई छ ।
Most Visited News (monthly)