संगीतकार विकास चौधरीले काठमाडौंको धोविधारामा संगीत पाठशाला संचालनमा ल्याएका छन् । बरिष्ठ फिल्म निर्देशक लक्ष्मीप्रसाद शर्माको प्रमुख आतिथ्यतामा संगीत विद्यालयको उद्घाटन गरिएको हो ।


निर्देशक शर्माले रिवन काटेर उद्घाटन गरेका थिए भने निर्माता मधुकुमार श्रेष्ठले नरिवल फोडेर विद्यालयको औपचारिक सुरुवात गरेका थिए । शान्ति इन्टरटेनमेन्ट संगीत पाठशालाको उद्घाटनमा निर्देशक ओम प्रतीक, गोविन्द गौतम, मदन घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
संगीतको क्षेत्रमा इन्डियाबाट मास्टर गरेका प्रमोद प्रसाईलाई उक्त पाठशालाको प्रशिक्षकका रुपमा राखिएको छ । विद्यार्थीहरुमा संगीतको ज्ञान दिनका लागि उनले पाठशलाको सुरुवात गरेको बताएका छन् ।
धेरै संगीत विद्यालयका बीचमा फरक पहिचान निर्माण गर्दै संगीतमा विद्यार्थीहरुको ज्ञान अझ सशक्त बनाउने चौधरीले बताए । प्रमुख अतिथि लक्ष्मीनाथ शर्माले फिल्म संगीतमा सकृय रूपमा लागेका विकास चौधरीले आगामी दिनमा पनि संगीतका माध्यमले आफ्नो शिक्षालाई अझ उचाइमा पुर्याउने बताउँदै चौधरीको सांगीतिक भविश्य उज्ज्वल बन्ने कामना गरेका थिए ।

