Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रेम कथामा `यो पागल मन`

फिल्मीखबर, काठमाडौं, 2015/04/21

आउँदौ १५ गतेदेखि सुटिङमा जानेगरी नयाँ फिल्मको घोषणा गरिएको छ ।‘यो पागल मन’ शीर्षकमा बन्न लागेको फिल्मको मंगलबार टंगालको टुलिप क्याफेमा मुहर्त गरिएको  हो ।

मुहुर्त कार्यक्रममा उद्धव पौडलले क्ल्याप, योगेन्द्र श्रेष्ठले नरिवल र राजकुमारलाई निर्देशन गरेका थिए । फिल्मलाई नयाँ निर्देशक कल्याण अधिकारीले निर्देशन गर्नेछन् । उनले फिल्म प्रेमकथा रहेको जानकारी गराए ।

 

‘शीर्षकले नै फिल्म प्रेमकथा हो भन्ने स्पष्ट हुन्छ । हास्य शैलीमा दर्शकले प्रेमकथाको स्वाद लिन सक्नुहुन्छ,’ कल्याणले भने । कल्याणले यसअघि निरक पौडेलको सहायक भई ‘होमवर्क’मा काम गरेका थिए । फिल्ममा गौरी मल्ल, विनोद न्यौपाने, वर्षा सिवाकोटी, सगुन शाही, दीपक अधिकारी, गीता अधिकारी, ऐनि कुवँर आदिको अभिनय रहने छ । फिल्ममा मुख्य अभिनेत्रीको भने खोजी भईरहेको निर्देशक कल्याणले बताए ।

 

यही महिनाको १५ गतेबाट फ्लोरमा जाने फिल्ममा अर्जुन पोखरेलको संगीत, दयाराम पाण्डेको गीत, शम्भु सापकोटाको छायांकन रहनेछ ।

 

Most Visited News (monthly)