मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 3.00/5.00)
Text size:-
+
-

बरुणकी प्रेमिका नताशा

फिल्मीखबर, काठमाडौं, 2015/04/19

बलिउडका अभिनेता र अभिनेत्री सबैभन्दा धेरै प्रेमको कारणले चर्चामा हुन्छन् । चर्चामा आउनकै लागि पनि हुनसक्छ, उनीहरु कोही न कोहीसँग अफेयरमा रहन्छन् । अभिनेता बरुण धवन पनि यही सूचीमा पर्छन् । कहिले बलिउड अभिनेत्री आलिया भट्ट त कहिले कोही न कोही उनको वरिपरी देखिन्छन् ।

 

बरुण अहिले नताशा दलालको साथमा अफेयरमा छन् । गएराती दुई जना बरुणको फ्ल्याटबाट बाहिर निस्कदै गरेको अवस्थामा भेटिए । बरुण र नताशा फ्ल्याटबाट बाहिर निस्कदै गर्दा मिडियामा क्याप्चर भए । तर, दुबै जना जोगिने कोशिश गर्दै आफ्नो कारमा चढे र गन्तव्यतर्फ निस्किए ।



बरुणले आजसम्म नताशाको बिषयमा खुलेर कुरा गरेका छैनन् । तर, उनी नताशासँग थुप्रै सार्वजनिक कार्यक्रममा डेटमा रमाइरहेको देखिन्छ । हाल साहरुखको खानको निर्माणमा तयार भैरहेको फिल्म दिलवालेको छायांकनमा व्यस्त बरुणले नतासाको बारेमा कहिले खुलेर कुरा गर्ने हुन्, प्रतिक्षा सबैलाई छ ।