मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

नक्कलमा रमाउने फिल्मकर्मी

फिल्मीखबर, काठमाडौं, 2015/04/19

नेपाली फिल्मीकर्मी आफ्नो भन्दा पनि अरुको सिको गरेकै कारण असफल भएका हुन् । आफूले कस्तो फिल्म उत्पादन गर्ने भन्दा पनि अरुले के बनायो र चल्यो भन्ने नै देखिन्छ ।
कुनै समय अभिनेता राजेश हमालले एक्सन गर्दा फिल्म चल्यो । सबैजना राजेश हमाललाई यस्तै फिल्ममा अभिनय गराउने भन्दै दौडिए । हमालले पनि हातमा आएका जती सबै फिल्म गरे । सायद अहिले उनी यही कुरामा पछुताउँदै होलान् ।



अभिनेताद्धय निखिल उप्रेती र विराज भट्टको हकमा पनि यस्तै चल्यो । फिल्ममा द्धन्द्ध चलेपछि मानिसहरु दुई अभिनेतालाई लिएर फिल्म बनाउन कस्सिए । अहिले विराजको द्धन्द्धले काम गर्न छाडेको छ, निखिल कमब्याक गरेर अग्नीपरिक्षा दिदैछन् ।संगीत चलेको खण्डमा संगीतकै पछि लाग्ने, कलाकार चलेको खण्डमा कलाकारकै पछि लाग्छन् नेपाली फिल्मकर्मी ।



केही बर्ष अगाडि नेपालमा अश्लिल फिल्मको ट्रेन नै आयो । फिल्मीकर्मीहरु सेक्स दृश्य समावेश भएका र दोहोरो अर्थ लाग्ने शब्द हाले फिल्म चल्छ भनेर पछि लागे । यसले नेपाली फिल्ममा विकृती नै ल्यायो र यो क्षेत्र बिग्रियो ।



अहिले यस्तै शैलीको पछाडि फिल्मीकर्मी दौडिएका छन् । अब नेपालमा आफूले बनाएका फिल्मको सिक्वेल बनाउने लहर नै चल्दैछ । केही फिल्म त बनिसके भने कतीपय बन्ने तयारीमा छन् । बलिउडमा सिक्वेल बनाउने शैली नयाँ नभएपनि नेपालमा नाई नभन्नु ल ले यो शैली फिल्मीकर्मीलाई बसाइदिएको छ ।



राजकुमार राइले कुनै समय पापी मान्छेको सिक्वेल बनाएर असफलता भोगेका थिए भने दिपक श्रेष्ठले हिम्मतको सिक्वेल बनाउँदा डुबेका थिए । तर, नाई नभन्नु ल ३ वटा सिक्वेलसम्म सफल भएपछि फिल्मीकर्मी यसकै पछाडि दौडन थालेका छन् । अहिले भटाभट आफूले निर्माण गरेका फिल्मको सिक्वेल बनाउने लहर सुरु भएको छ । आफूले के गर्ने भन्दा पनि अरुले के ग¥यो र पैसा कमायो भन्ने रोगल ग्रसित हुँदा नेपाली फिल्ममा समय समयमा यस्तो समस्या देखिन्छ ।