मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(10 votes, avg 3.00/5.00)
Text size:-
+
-

सरप्राइज लिएर फर्कने जिवन

फिल्मीखबर, काठमाडौं, 2015/04/19

अभिनेता जिवन लुइटेलको अमेरिका बसाई लामो हुनुको कारण सबैले  थाहा पाइसकेका छन् । फिल्म ठूलीको प्रदर्शनका लागि अमेरिका हानिएका जिवन फर्कने सुरसार गरेका छैनन् । जसको मुख्य कारण अमेरिकामा नै ग्रिन कार्डको एप्लाई हो । अमेरिकामा ग्रिन कार्ड पाएर मात्र फर्कने सुरमा जिवन छन् ।



नेपाली कलाकारको अवस्था सुन्दा र भोग्दा फरक भएको उनको वुझाई छ । यसैले पनि जिवन अमेरिकामा कुनै पनि समय रहन सक्ने तयारीमा लागेका हुन् । उनै जिवनले आफू नेपाल आउँदा केही सरप्राइज दिने बताएका छन् । उनले आफू नेपाल त आउने तर धेरैलाई सरप्राइज दिने तरिकाले आउने बताएका छन् ।

 


जिवन कस्तो सरप्राइज बोकेर नेपाल आउनेछिन्, यो उनलाई नै थाहा होला । एकपछि अर्को फिल्म असफल भएपछि जिवन अमेरिकामा नै बस्ने चाजोपाजोमा लागेका हुन् । तर बढ्दो फिल्मको असफलताले आत्तिएर सेफल्याण्डिङ लिन लागेको भन्नेमा चाहिँ कसैलाई पनि दुविधा नहोला ?