मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(11 votes, avg 3.18/5.00)
Text size:-
+
-

शिल्पाले लेलिन् त रेखाको स्थान ?

फिल्मीखबर, काठमाडौं, 2015/04/18
निर्माता छविराज ओझाले भित्राएका अभिनेता र अभिनेत्री दुबै फिल्म क्षेत्रमा हिट छन् । विशेषगरि, अभिनेत्री रेखा थापा र अभिनेता राजेश हमाल, अभिनेता आर्यन सिग्देल फिल्म क्षेत्रमा हिट देखिन्छन् । यसैले पनि छविराज ओझालाई फिल्म क्षेत्रमा 'बा' भनिन्छ । 
 
 
अभिनेत्री रेखा थापालाई 'हिरो' फिल्म मार्फत भित्राएका छविले १० बर्षसम्म उनीसँगै जिवन पनि बिताए । रेखा सुपरस्टार भइन्, छवि पनि हिट निर्माता । तर, रेखा सुपरस्टार भएसँगै अहिले छविसँग अलग छिन् । 
 
सुपरस्टार बनेपछि रेखा थापा छबिको जिवन र क्याम्पबाट टाढा गईन् । छविले नयाँ अभिनेत्रीको खोजी गरे जो रेखाको स्थानमा पुगोस् । उनले खोजेकी पहिली अभिनेत्री रजनी केसी खासै सफल हुन सकिनन् । यसपछि भने उनले फिल्म 'लज्जा' मार्फत शिल्पा पोख्रेललाई भित्राए । 
 
'लज्जा' हिट भएपछि छविको सपना पूरा गर्ने छनक देखाएकी शिल्पाको अहिले हाइहाइ छ । विशेषगरि, उनले अभिनय गरेको फिल्म 'हवल्दार सुन्तली'ले बम्पर ब्यापार गरेपछि शिल्पाका लागि छवि फापेका छन् । फिल्म क्षेत्रमा अब शिल्पा पनि रेखाकै लयमा लागिन् भन्ने भनाई सुनिन थालिएका छन् । 
 
विशेषगरि, एक्सन फिल्म 'हवल्दार सुन्तली'मा शिल्पाको अभिनयको तारिफ पनि खुबै भएको छ । शिल्पा छविको घोषित दुई फिल्ममा काम गर्ने पक्का भैसकेको छ । के छवि ओझाले भित्राएकी शिल्पा पोख्रेल रेखा थापाको स्थान लिन सफल होलिन् ? 
 
शिल्पाको सफलताको कडीले यस्तै छनक देखाएको छ । फरक यत्ती छ रेखा गसिप र चर्चासँग डराउँदैनथिन्, शिल्पा यसमा अली नै बढी ध्यान दिने गर्छिन् । नेपाली फिल्म क्षेत्रमा अर्की रेखा थापाको रुपमा शिल्पा पोख्रेल जन्मिएको खण्डमा यसले फिल्म क्षेत्र र शिल्पा दुबैलाई फाइदा दिनेछ ।