मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`सत्यदिप` प्रदर्शनका लागि तयार

फिल्मीखबर, काठमाडौं, 2015/04/18
संगीतकै माध्यमबाट समाजमा सकरात्मक सन्देश दिन सकिन्छ भन्ने बिषयबस्तुमा निर्मित फिल्म ‘सत्यदिप’ डबिङ सकिएको छ । पुष्कर घिमिरेको डेब्यु निर्देशन रहेको फिल्म ‘सत्यदिप’को बिहिबारबाट डबिङ सकिएको हो । 
 
फिल्मको सम्पुर्ण प्राबिधिक कार्य सकाएर अब छिट्टै प्रर्दशनमा ल्याइने निर्देशक घिमिरेले बताए । सांगीतिक प्रेमकथामा आधार रहेर निर्माण गरिएको यो फिल्म बि.आर फिल्मस् प्रालिको ब्यानरमा बिनयराम श्रेष्ठले निर्माण गरेका हुन् । बिनयको यसअगाडी निर्माता टंक लम्सालसँग सहकार्य रहने गर्दथ्यो । 
 
फिल्ममा रबि गिरी, उमा बेबी, दिब्येस्वर गौतम, सबिना केसी, श्याम केसीलगायतका कलाकार मुख्य भुमिकामा छन् । फिल्ममा कमल राईको नृत्य, अष्ट महर्जनको द्वन्द्व रहेको छ ।